ad ad

राजनीति


शक्ति, सम्पत्ति र यौनबाट बच्न गण्डकीका मुख्यमन्त्रीको आग्रह

शक्ति, सम्पत्ति र यौनबाट बच्न गण्डकीका मुख्यमन्त्रीको आग्रह

वाशुदेव मिश्र
असोज १४, २०७६ मंगलबार १४:२२,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शक्ति, सम्पत्ति र यौनको मामिलाबाट बच्न सांसदहरुलाई आग्रह गरेका छन्।

‘एउटा कुरामा सचेत होऔँ, शक्ति, सम्पत्ति र यौनले मान्छेलाई समाप्त पार्छ’, गण्डकी प्रदेशको बर्खे अधिवेशन अन्त्यमा संसदलाई संवोधन गर्दै मंगलबार उनले भने,‘ शक्तिको गुणगान, सम्पत्तिको लोभ, यौनमा मान्छे पथभ्रष्ट भयो भने त्यो मान्छे समाप्त हुन्छ।’ बलात्कारको आरोपपछि संघीय सभामुख कृष्णबहादुर महराले राजीनामा दिएकै दिन उनले सोही घटनालाई संकेत गर्दै सांसदहरु यो आग्रह गरेका हुन्।

मुख्यमन्त्री गुरुङले एउटा व्यापारीले शक्ति कहाँबाट पाउँछ? भन्ने प्रश्न गर्दै उनले सम्पत्ति कमाउने र यौनमा भ्रष्ट हुने प्रवृत्तिबा राजनीतिज्ञहरु बच्नुपर्ने सुझाव पनि दिए। महराको यौनकाण्डलाई दुर्गन्धको संज्ञा दिँदै उनले घटना हो कि होइन थाहा छैन तर नभएतापनि हो भन्ने अवस्था आएको बताए।

‘होलाहोला, भएरै होला, भयो भयो, यस्ताउस्ता कुराहरु गरेको छ। मान्छेको मन यस्तो भइसक्यो कि यो अपराधी नै हो, बिगे्रकै हो, बिग्रियो भन्ने भइसक्यो’, उनले भने, ‘यसबाट लिनुपर्ने शिक्षा यो हो कि शक्ति, पावर मिसयुज गर्ने भन्ने हुन्छ नि, पावर मिसयुज गर्न खोज्दाखेरि संसारमा ठूलाठूला तानाशाह जन्मेको र व्यवस्था ढलेको छ।’

उनले दोस्रो विश्वयुद्ध नै यौनको कारणले सुरु भएको दावी गर्दै यौन, शक्ति र सम्पत्तिको मोहबाट बच्ने आग्रह दोहोर्‍याए।

पाँच महिना चल्यो, ६ विधेयक पारित भए

वैशाख १५ गतेबाट सुरु भएको गण्डकीको बजेट अधिवेशन ६ वटा विधेयक पारित गर्दे मंगलबार सकिएको छ। अधिवेशनको अन्तिम दिन मंगलबार प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन पारित भयो। अधिवेशनमा चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि पारित भएको थियो।

विनियोजन विधेयक र आर्थिक विधेयक,सांसदहरुको सुविधा बढाउने विधेयक पनि यही अधिवेशनले पािरत गरेको हो। अधिवेशनका ३३ दिनमा ६१ घण्टा ५ मिनेट १ सेकेण्ड खर्चेर ४० वटा बैठकमा भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .