ad ad

राजनीति


ट्रम्प शरणार्थीको मुद्दामा कठोर, अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती

ट्रम्प शरणार्थीको मुद्दामा कठोर, अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ९:४८,

एएफपीका अनुसार आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ।

हालको तुलनामा उक्त सङ्ख्या ४० प्रतिशतले घटेको जनाइएको छ। यस वर्ष अमेरिकामा ३० हजार शरणार्थी रहन सक्ने गरी संख्या तोकिएको थियो।

अमेरिकाको यो पछिल्लो कदमलाई मानवअधिकारवादी तथा यससँग आबद्ध संस्थाहरुले भने आलोचना गरेका पनि समाचारमा जनाइएको छ।

शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत यो सङ्ख्या सबैभन्दा कम हो। यसै वर्षको सङ्ख्या ३० हजार पनि सन् १९८० यताको सबैभन्दा कम हो। पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति कार्यालय छोडेको अवस्थामा यो सङ्ख्या ८५ हजार रहेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शराणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्न सक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। उनको त्यस निर्णयपछि यहाँ शरणार्थी संख्या कटौती गर्न थालिएको हो।

आजको दिन अमेरिकाको लागि अत्यन्त दुखतः दिन भएको अन्तर्र्रािष्ट्रय उद्धार समितिका सिइओ डेभिद मिलिबान्दले बताएका छन्।

सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि सन् २००२ मा शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गरेर २७ हजार पु¥याइएको थियो।

शरणार्थीको यस सङ्ख्याअन्तर्गत दुःख पाएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि ५ हजार स्थान सुनिश्चित गरिने सो आदेशमा बताइएको छ।

त्यसैगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेहरूका लागि पनि एक हजार ५०० कोटा छुट्याइने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .