ad ad

समाज


विश्व मुटु दिवसको अवसरमा नर्भिकद्वारा प्रभातफेरी

विश्व मुटु दिवसको अवसरमा नर्भिकद्वारा प्रभातफेरी

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ९:५६,

 विश्व मुटु दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ।

शुक्रबार बिहान सुरु भएकाे प्रभातफेरीमा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्रा.डा. यादवदेव भट्टसहित गतवर्ष नर्भिकमा विविधखाले मुटुरोगका सफलतापूर्व उपचार गराई नव जीवन प्राप्त गरेका विरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारण सहभागी थिए। प्रभातफेरी बिहान ६ः३० बजे नर्भिकको प्राङ्गणबाट सुरु भई कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो।

सेप्टेम्बर २८ तारीख अर्थात् भोलि असोज ११ गते शनिबार विहान ११ः३० बजे निर्धारित नर्भिकको विश्व मुटु दिवस २०१९ को औपचारिक कार्यक्रम आयोजना गरिने कार्यक्रम तय भएको छ भने सोहि दिन उक्त औपचरीक कार्यक्रम पूर्व विहान ८ः०० बजे देखि १०ः०० बजे सम्म मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदिबारे विरामी पक्ष लगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम छ। प्रशिक्षण प्रा.डा भट्टसहितको मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिकको ओ.पी.डी विभागमा दिनेछ।

विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्व मुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइन्छ। विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन्। हाल उक्त संख्या अझै बढी भएको अनुमान छ। तसर्थ मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा मानिन्छ।

DSC 7137

अर्कोतर्फ मुटुजन्य रोग लागी त्यसले ज्यान नलिए पनि अङ्गभङ्ग हुने लगायतका अन्य जटिलताहरू समेत निम्त्याउने गर्दछ। हाल विश्वमै मानव मृत्युको प्रमुख कारण हुँदै त्यसले सिर्जना गर्ने सामाजिक र आर्थिक बोझमा पनि मुटुजन्य रोगजस्ता नसर्ने रोगको हिस्सा एक नम्बरमै रहेको छ। त्यसखाले विकराल समस्याबाट जोगिने भनेकै मानिसहरूलाई रोग लाग्नबाट कसरी बचाउने भन्ने हो। यसमा जनचेतनाको अत्यन्तै ठूलो भूमिका रहन्छ।

विश्व मुटु दिवसका अवसरमा संसारभर नै वृहत् मुटु परीक्षण/प्रशिक्षण शिविरहरू, वैज्ञानिक एवम् चिकित्सकीय गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतनाको अभिवृद्धि गराउने खालका प्रबचनलगायत प्रभातफेरि जस्ता कार्यक्रमहरू गरिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .