ad ad

राजनीति


ट्रम्पविरुद्धको आरोप पुष्टि, महाभियोगको विषय के हुन्छ?

ट्रम्पविरुद्धको आरोप पुष्टि, महाभियोगको विषय के हुन्छ?

नेपालखबर
असोज ९, २०७६ बिहिबार ६:४८,

डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको छानविन गर्न ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिएको ट्रम्पमाथि आरोप लागेको थियो।

ट्रम्पमाथि लागेको यस आरोप पुष्टि भएको हो। अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाइट हाउसले युक्रेनका राष्ट्रपति र ट्रम्पबीचको कल डिटेल्स सार्वजनिक गरेपछि आरोपमा सत्यता रहेको देखिएको हो।

बीबीसीका अनुसार उक्त कुराकानीमा ट्रम्पले जेलेन्स्कीलाई २५ जुलाईमा डेमोक्रेटिक पार्टीका संभावित राष्ट्रपतिय उमेदवार बाइडेन र एक युक्रेनको ग्याँस फर्मममा काम गर्ने उनका छोराविरुद्ध भ्रष्टाचारको अनुसन्धान गर्न भनेका छन्।
कल डिटेल्समा ट्रम्पले जेलेन्स्कीलाई बाइडेनले ग्याँस कम्पनीको बोर्ड सदस्य रहेको उनका छोराविरुद्धको भ्रष्टाचारको अनुसन्धान प्रभावित पारेको बताएका छन्।

आरोपमा जेलेन्स्कीले बाइडेनविरुद्ध अनुसन्धान नगरे अमेरिकाले युक्रेनलाई सैन्य सहायता प्रदान नगर्ने ट्रम्पले धम्की दिएको पनि बताइएको थियो।

यो आरोप भने पुष्टि भएको छैन। ट्रम्पले आफूले बाइडेनको छविमा धक्का लगाउनको लागि अनुसन्धान गर्न नभनेको स्पष्ट पारेका छन्।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्वरुप करिब ४० करोड डलर रोक्न निर्देशन दिएको केही दिनपछि यस टेलिफोन कुराकानी बाहिरिएको हो।

बिडेन आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीबाट उमेदवार बन्न सक्छन्। यस घटनाले उनको छवीमा असर पर्नसक्छ।

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु भएको घोषणा गरिसकेकी छिन्।

पेलोसिले ट्रम्पले अमेरिकी संविधान विरुद्ध कार्य गरेको भन्दै महाभियोगको प्रक्रिया सुरुवात गरेकी थिइन्।

बाँकी कल डिटेल्स सार्वजनिक भएपछि ट्रम्पमाथि लागेको आरोपबारे थप थाहा हुनेछ। डेमोक्रेटिकहरु ट्रम्पलाई महाभियोग लगाउनु पर्ने पक्षमा छन्।

 महाभियोगबारे के थाहा छ?

अमेरिकी संविधानका अनुसार देशद्रोह, भ्रष्टाचार र अन्य गम्भीर अपराधको आरोप लागे राष्ट्रपतिमाथि महाभियोग लगाउने प्रक्रिया सुरु हुन्छ।

अमेरिकामा महाभियोग प्रक्रिया प्रतिनिधि सभादेखि सुरु हुन्छ यसलाई पार गर्न सामान्य बहुमत चाहिन्छ।

यसमाथि सिनेटमा सुनुवाई हुन्छ यहाँ महाअभियोगको मन्जुरी दिन दुई तिहाई बहुमतको जरुरी पर्छ।

अमेरिकी इतिहासमा अहिलेसम्म कुनै राष्ट्रपतिलाई महाभियोगबाट हटाउन सकिएको छैन।

अमेरिकामा महाभियोगको पक्षमा विपक्षी डेमक्रेटिक पार्टीको बलियो समर्थन छ।

यदि अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ।

त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुईतिहाइ बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको बाहुल्य रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कम देखिन्छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .