ad ad

राजनीति


चिनियाँ शैलीको समाजवादबाट नेपालले सिक्न आवश्यकः प्रचण्ड

चिनियाँ शैलीको समाजवादबाट नेपालले सिक्न आवश्यकः प्रचण्ड

नेपालखबर
असोज ६, २०७६ सोमबार १४:४५,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ शैलीको समाजवादबाट नेपालले सिक्नु पर्ने बताएका छन्।

सोमबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा उनले चिनियाँ प्रगतीबाट नेपाल र विश्वले नै सिक्नसक्ने बताएका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङको प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले चिनियाँ विशेषतासहितको समाजवादको मौलिक मार्गमा आर्थिक विकासको नयाँ उचाई हासिल गरेको चीनबाट मानव जातिले नै शान्ति र स्थिरताको समुचित अपेक्षा गरेको बताए।

प्रचण्डले भने, ‘राष्ट्रपति सीले कनेक्टिभिटी, साझा प्रयत्न, साझा लगानी, उपलव्धीमा साझा स्वामित्वबाट साझा समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो भविष्य अन्तरनिर्भर छ भन्ने दृष्टिकोण अगाडि ल्याउनुभएको छ। चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न चीनको विकास चुनौती ठान्नेहरुले विकासको चाहना गरेको तर साधन र क्षमता नभएका विकाशोन्मुख मुलुकहरुलाई सँगै लिएर हिँड्ने बाटो प्रस्ट देखिन्छ।’

संसारको कुनै शासन प्रणालीले जनतालाई दिन नसकेको आत्मसम्मान र गौरव चिनियाँ कम्युनिष्ट पार्टीले दिएको उनको भनाई थियो।

प्रचण्डले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालका लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता भएको पनि बताए। प्रचण्डले बीआरआईले कृषिको आधुनिकीकरण, औद्योगिकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच बढाइदिने बताए। ‘त्यसैले बढो सोचविचार गरेर बीआरआईसम्बन्धी समझदारीमा मेरै प्रधानमन्त्री कालमा हस्ताक्षर गरेका हौं’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .