ad ad

राजनीति


संक्रमण रोक्न र उपचार व्यवस्था प्रभावकारी बनाउन देउवाको माग

संक्रमण रोक्न र उपचार व्यवस्था प्रभावकारी बनाउन देउवाको माग

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ९:३६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको रोकथाम तथा  सरकारसँग माग गरेका छन्।

शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेस सभापति देउवाले कोरोना संक्रमितको उपचारका लागि थप अस्पतालको व्यवस्था गर्न, आईसीयू, भेन्टिलेटर, बेडको संख्या थप्न, स्वास्थ्य पूर्वाधार तथा अक्सिजन, औषधि लगायत अन्य व्यवस्था मिलाउन उनले आग्रह गरे।

पूर्व प्रधानमन्त्री देउवाले कोरोना संक्रमण भयावह बनेको तर सरकार त्यसप्रति गम्भीर नबनेको भन्दै आलोचना गरे।

उनले लकडाउनको समयमा पनि किसानहरुको उत्पादनलाई सहज रुपमा ढुवानीको व्यवस्था मिलाउन माग गरे। यस्तै, उनले विदेशबाट आउनेहरुलाई प्रभावकारी रुपमा परीक्षण तथा होल्डिङ सेन्टरको व्यवस्थाका लागि स्थानीय तहलाई परिचालन गर्न पनि माग गरे।

देउवाले नेपाली कांग्रेसका कार्यकर्तालाई सतर्कतापूर्वक पीडितको सेवा र उपचारमा सहभागी हुन आव्हान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .