ad ad

राजनीति


कोरोना नियन्त्रणका लागि राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

कोरोना नियन्त्रणका लागि राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १३:३३,

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले कोरोना नियन्त्रणको लागि सबै पक्षसँग हातेमालो गर्न राजनीतिक संयन्त्र बनाउन आग्रह गरेको छ।

मंगलबार बसेको बैठकले कोरोनाबारे गम्भीर छलफल गरी सो निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘कोभिड १९ महामारीका बारेमा गम्भीर छलफल भयो', श्रेष्ठले भने, ‘महामारीको दोस्रो लहर तीव्र रुपमा अघि बढ्यो, यसले जनताको जीवन, राष्ट्रको समेत धन सम्पत्ति क्षति हुन पुगेको छ।'

'यस्तो बहआयामिक प्रभावलाई नियन्त्रण गर्न सबैसँग हातेमालो गरेर अघि बढ्न सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गर्दछौं', बैठकपछि श्रेष्ठले भने।

साथै माओवादीले भारतमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन माग गरेको छ।

सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि पर्याप्त तयारी नगरेको भन्दै यसलाई तीब्रता दिन बैठकले माग रहेको श्रेष्ठले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .