४९ जना मानिसको मृत्यु भएको सो दुर्घटनालाई ताइवानको इतिहासकै सबैभन्दा भयानक घटनाको रुपमा हेरिएको थियो।
एउटा ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि उक्त दुर्घटना भएको थियो। सो दुर्घटनामा २ सयजना घाइते भएका थिए।
छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा बढी मानिस सवार थिए। तीव्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ भित्र प्रवेश गर्नैलाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो।
यातायातमन्त्री लिन चिया–लुङले बिहीबार सो दुर्घटनाको विषयमा माफी माग्दै राजीनामा दिएको एससीएमपीले जनाएको छ। अप्रिल २० देखि उनीको पदावधि सकिने छ।
प्रतिक्रिया