फलाममा जलप लगाएर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाले धादिङ रुबीभ्याली गाउँपालिका १ तिपलिङ्गका २२ वर्षीय इमरान पन्तलाल तामाङ भन्ने रबिन्द्र थापा तामाङलाई पक्राउ गरेको हो।
उनले बिभिन्न ब्यक्तिहरुलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको सूचनाको अधारमा पक्राउ गरिएको महाशाखाले जनाएको छ।
उनीविरुद्ध थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए। उनी हाल ललितपुरको गोदावारी बसपार्क नजिक बस्दै आएका थिए।
प्रतिक्रिया