ad ad

राजनीति


कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको काठमाडौँमा निधन

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको काठमाडौँमा निधन

नेपालखबर
चैत १७, २०७७ मंगलबार ६:१,

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको मृत्यु भएको छ।

अध्यक्ष रावलको मंगलबार बिहान काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

लामो समयदखि उच्च रक्तचापबाट पीडित रहेका रावललाई चार दिनअघि मस्तिष्कमा रक्तश्राव (ब्रेन हेमरेज) भएको थियो।

७७ वर्षीय रावल मोहन्याल–६, सोल्टास्थित आफ्नै घरमा एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई उपचारका लागि कोहलपुर शिक्षण अस्पतालमा लागिएको र त्यहाँ उपचार नभएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो।

उनको शव आजै केलली लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

रावल नेकपा एमालेको केन्द्रीय सल्लाहकार समिति सदस्य समेत हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .