ad ad

समाज


म्यान्मारमा सेनाको गोली लागेर हालसम्म ५ सयको मृत्यु, अपनाइयो विरोधको नयाँ शैली

म्यान्मारमा सेनाको गोली लागेर हालसम्म ५ सयको मृत्यु, अपनाइयो विरोधको नयाँ शैली

नेपालखबर
चैत १७, २०७७ मंगलबार ५:५९,

समाचार संस्था रोयटर्सका अनुसार गत फेब्रुअरी १ देखि लागू भएको सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा हालसम्म ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

सेना तथा प्रहरीको गोली लागेर उनीहरुको मृत्यु भएको हो।

रोयटर्सका अनुसार यतिबेला प्रदर्शनकारीले आन्दोलन तथा विरोधको नयाँ शैली अपनाउन थालेका छन्।

मंगलबारदेखि प्रदर्शनकारीले सैन्य कूविरुद्ध सडकमा फोहोर फ्याँक्न थालेको जनाइएको छ।

असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एएपीपी नामक संगठनका अनुसार सोमबार म्यान्मारमा सेनाबाट १४ जना नागरिक मारिए।

गत शनिबार म्यान्मारमा एकैदिन सेनाले ११४ प्रदर्शनकारीलाई गोली हानी मारेका थिए। उक्त घटनालाई नरसंहारको संज्ञा दिइएको छ।

संयुक्त राष्ट्रसंघले म्यान्मारका सेनालाई जनतामाथिको दमन रोक्न आग्रह गरेको छ।

सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका थिए।

धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए। एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ।

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी

म्यान्मारका जनतामाथि सेनाको हवाई कारवाही, बम आक्रमणपछि ३ हजार थाइल्यान्ड भागे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .