ad ad

राजनीति


वकिलले मुद्दा खोज्ने हाेइन, मुद्दाले वकिल खोज्दै आउनुपर्छ: प्रदेश प्रमुख कुँवर

वकिलले मुद्दा खोज्ने हाेइन, मुद्दाले वकिल खोज्दै आउनुपर्छ: प्रदेश प्रमुख कुँवर

वाशुदेव मिश्र
साउन २७, २०७६ सोमबार १५:७,

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आजकल मुद्दाले वकिल खोज्नुको सट्टा वकिल नै मुद्दा खोज्न जान थालेको जिकिर गरेका छन्। कुनै समयका चर्चित वकिल समेत रहेका प्रदेश प्रमुख कुँवरले कानून व्यवसायीलाई खिसीटिउरी गर्ने र विभिन्न उपमाले सराप्ने प्रवृत्ति बढ्नुमा वकिलको पनि दोष रहेको औंल्याए।

नेपाल कानून व्यवासायी परिषद्को २६ औं स्थापना दिवसका अवसरमा नेपाल कानून व्यवसायी परिषद् क्षेत्रीय कार्यालय पोखराले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने,‘मुद्दाले वकिल खोज्दै आउनुपर्छ, वकिलले मुद्दा खोज्दै जानु हुँदैन। त्यो बानी परेमा क्षमतामा अभिवृद्धि हुँदैन। पैसा आउँछ, व्यवसायिकता आउँदैन। यी सबै कुरा सोच्न सकियो भने व्यसायिकता आफैमा प्रष्फुटित हुन्छ, आफैमा पुष्पित र पल्लवित हुन्छ।’

मानिसहरुमा केही गरौं भन्ने भाव, उत्साह, जाँगर, कुनै लक्ष्यमा पुग्ने मनसाय धेरै हदसम्म खत्तम भइसकेको र पछिल्लो समय कानून व्यवसायमा अराजकता बढ्दै गएको बताउँदै यो व्यवसायलाई मर्यादिन बनाउन कानून व्यवसायी आफै इमानदार हुनुपर्ने सुनाए। प्रदेश प्रमुख कुँवरले व्यवसायिकता सँगसँगै मर्यादापूर्वक लिएर जाने व्यवसायीले मात्रै त्यो व्यवसायको मान राख्ने बताए।

‘व्यवसायिकता पछाडी छाडेर एउटा व्यवसायी धेरै माथी पुग्द सक्दैन। जसले मर्यादापूर्वक व्यवसाय गर्छ उसले त्यो व्यवसाय छाडे पनि उसको कर्मको कदर हुन्छ र अरुले अनुकरणको रुपमा लिन्छ’ प्रदेश प्रमुख कुँवरले भने।

कार्यक्रममा नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगर, गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरे, नेपाल कानून व्यवसायी परिषद्का पार्षद मोहन कोइराला लगायतले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .