ad ad

समाज


त्रिवि शिक्षण अस्पतालमा आगलागी

त्रिवि शिक्षण अस्पतालमा आगलागी

नेपालखबर
साउन २७, २०७६ सोमबार १५:२३,

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ। शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचौँ तलाको एक कोठामा आगलागी भएको जानकारी दिए। आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताए। आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .