ad ad

राजनीति


विदेशीका एजेण्डामा नेताहरु प्रयोग हुनु दूर्भाग्यपूर्ण : थापा

विदेशीका एजेण्डामा नेताहरु प्रयोग हुनु दूर्भाग्यपूर्ण : थापा

नेपालखबर
चैत ४, २०७७ बुधबार १२:३८,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुकमा विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर गएको बताएका छन्।

राप्रपा हेटौंडा नगर समितिका नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधिनता कमजोर हुने विचार ब्यक्त गरे।

‘गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाई दिएको भारी हो, विदेशीको स्वार्थपुर्ती गर्न राजनीतिक दल र नेताहरु प्रयोग हुनु दूर्भाग्यपूर्ण भयो’ थापाले भने।

नेपालमा सबै शक्ति र बिचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता रहेको चर्चा गर्दै थापाले भने ‘अब निषेधको राजनीति अन्त्य गरौं, सबै अट्न सक्ने राजनैतिक प्रणालीको विकास गरौं, जसले मुलकलाई सबल, समृद्ध र स्वाधिन बनाउन सकोस्।’

भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको चक्र तोड्नको लागि राप्रपा बलियो हुनु पर्ने भन्दै थापाले कांग्रेस र कम्युनिस्टको मार्गचित्र असफल भएको दाबी गरे।

मनपरितन्त्र र ब्रम्हलुटको हिसाब जनताले राखिराखेको भन्दै थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो शक्तिको रुपमा स्थापित हुने दाबी गरे।

राप्रपाको ध्यान महाधिवेशन केन्द्रित रहेको भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतापूर्वक अघि बढाउन कार्यकर्ताहरुलाई आग्रह गरे। सो अबसरमा राप्रपा नेताहरु मधु अधिकारी, गणेश थापा, राजाराम बर्तौलालगायतले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .