ad ad

राजनीति


त्रिशूली दुर्घटना : मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेकपा सर्लाहीको माग

त्रिशूली दुर्घटना : मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेकपा सर्लाहीको माग

नेपालखबर
साउन २६, २०७६ आइतबार ६:२,

त्रिशूली नदीमा बस खस्दा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सत्तारूढ नेकपा जिल्ला कमिटी सर्लाहीले सरकारसँग माग गरेको छ।

सर्लाहीको सदरमुकाम मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस गत शुक्रबार बिहान साढे ३ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको थियो।

सर्लाहीबाट आएको बस हुनाले दुर्घटनामा सर्लाहीकै धेरै यात्रु परेका छन्।

अहिलेसम्म ९ जनाको शव भेटिएको छ भने अझै १५/१६ जना त्रिशूली नदीमा बेपत्ता रहेको प्रहरीको अनुमान छ।

नेकपा सर्लाही जिल्ला कमिटीले प्रेस विज्ञप्ति जारी गर्दैै मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नाका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो।
पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तको हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्ता प्रकारका दुर्घटना दोहोरिन नदिन राज्यलाई गम्भीर हुन आग्रह गरिएको छ।

67785761 914534065552098 5861608332917211136 n

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार वैद्यबारका अनुसार दुर्घटनामा परेकामध्ये अहिलेसम्म सर्लाही त्रिभुवन नगरपालिका–४ की शोभा रौनियार,, महोत्तरी बर्दिबास नगरपालिका–६ का २५ वर्षीया सरिताकुमारी महतो र ६ वर्षीय आशिषकुमार साह, भारत बिहार सीतामढीका २२ वर्षीय विजयकुमार यादव र ३० वर्षीय अजयकुमार ठाकुर, सर्लाही हरिवन नगरपालिका–९ का ४६ वर्षीय विनोदप्रसाद उप्रेती, सर्लाहीकै मलंगवा नगरपालिका-१ का ४५ वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ४० वर्षीया मिना श्रीवास्तव तथा मलंगवा नगरपालिकाकै वडा नम्बर ६ का ५५ वर्षीय जगरनाथ यादवको शव भेटिएका छन्।

अझै १६ जनाजति नदीमा हराइरहेको अनुमान छ। ‘बीचमा चार जना ओर्लेको भन्ने कुरा आयो,’  एसपी वैद्यबारले आइतबार बिहान नेपालखबरसँग भने, ‘अझै १५र१६ जना बेपत्ता रहेको हाम्रो अनुमान छ, खोजी जारी राखेका छौं।’

आइतबार बिहानैदेखि नेपाली सेना प्रहरी र गोताखोरसहित टोली बेपत्ताको खोजीमा जुटेको उनले जानकारी दिए।

दुर्घटनामा परेका १६ जनाको प्रहरीले जिवितै उद्धार गरेको थियो। तीमध्ये केही घाइते अस्पतालबाट डिस्चार्ज भइसकेको र ६ जनाको उपचार काठमाडौंस्थित ट्रमा सेन्टरमा भइरहेको एसपी वैद्यबारले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .