ad ad

राजनीति


राजनीतिक विषयमा कांग्रेस अझै अलमल, यी हुन् संसदीय दलका चार निर्णय

राजनीतिक विषयमा कांग्रेस अझै अलमल, यी हुन् संसदीय दलका चार निर्णय

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १५:१२,

पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक राजनीतिक विषयमा  अलमलिएकाे छ। कांग्रेस अझै ‘पर्ख र हेर’ को अवस्थामा देखिएकाे छ।

संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयप्रति स्वागत गरेको छ। बैठकले सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको हो।

बैठकमा २९ जना सांसदहरुले धारणा राखेको भएपनि राजनीतिक विषयमा लिने निर्णय बारे भने दल निष्कर्षमा पुग्न सकेन। आगामी आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरुको भूमिकाको विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने भएको छ।

बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले उचित समयमा उचित निर्णय लिने बताए।

शुक्रबारको बैठकमा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल गौतम, दिव्यमणि राजभण्डारी, भरतकुमार शाह, राजेन्द्रकुमार केसी, रमेशजंग रायमाझी, मानबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, सञ्जयकुमार गौतम, गगनकुमार थापा, भीमसेनदास प्रधान, उमा रेग्मी, डा. डिला संग्रौला पन्त, मिना सुब्बा, महेन्द्रकुमारी लिम्वू, हिरा गुरुङ्ग, सत्यनारायण खनाल, देवप्रसाद तिमिल्सीना, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कण्डेल, ्मोहनप्रसाद पाण्डे, प्रकाश रसाइली स्नेही, प्रमोदकुमार यादव, जीपछिरिङ लामा, तेजुलाल चौधरी, रामबहादुर विष्ट, सुजाता परियार र रंगमती शाहीले आ–आफ्नो विचार, सुझाव र धारणा राखेका थिए।

यी हुन् संसदीय दल बैठकका चार निर्णय
क) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पौष ५ गते गरिएको प्रतिनिधि सभा विघटनलाई फागुन ११ गते सम्मानित सर्वोच्च अदालतले बदर गरी प्रतिनिधि सभा पुनर्थापनाको फैसला गरेको छ। यो संविधान र लोकतन्त्रवादको विजय हो। न्यायपालिकाको निर्णयलाई नेपाली कांग्रेस संसदीय दल सम्मान गर्दै हार्दिक स्वागत गर्दछ।

ख) नेपालमा हाल पनि कोरोना भाईरस संक्रमणको प्रभाव रही रहेको अवस्था छ। कोभिड १९ को संक्रमणबाट आमनागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व हो, त्यसकारण कोेरोना विरुद्धको खोप आमनागरिकलाई यथाशक्य चाडो लगाइदिने व्यवस्था गरी नेपाली जनताको जीवन रक्षा गर्न सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ।

ग) कोभिड १९ संक्रमणको प्रारम्भीक चरण देखि नै सिमा नाकाहरु बन्द छन्। हाससम्म पनि बन्द नाकाहरु सहज तरिकाले सुचारु हुन सकेको छैन र यातायात सञ्चालनमा आएका छैनन्। जसका कारण उद्योगधन्दा, कलकारखाना र पर्यटन व्यवसायलाई मार परिरहेको छ। तसर्थ सबै नाकाहरु सहज तरिकाले सुचारु गर्ने तर्फ सरकारको गम्भीर ध्यानकर्षण गराउँदछौं।

घ) शोक प्रस्ताव पारितः नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसी, विस २०५८ सालका राष्ट्रिय सभा सदस्य मेजर दिपक गुरुङ, २०४८ सालमा बाग्लुङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओमकार प्रसाद गौचन, २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित इन्द्रहाङ लिम्वू, २०५८ सालमा राष्ट्रिय सभामा निर्वाचित गंगादत्त जोशी, २०५६ सालमा चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित एकनाथ रानाभाट, २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा. शंकरप्रसाद उप्रेती र २०४८ साल सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित कुवेरप्रसाद शर्माको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ। उहाँहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै संसदीय दलको यो बैठक शोक प्रस्ताव पारित गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .