रुपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास कार्यक्रममा स्थानीयले गरेको प्रतिरोधलाई सोहि क्षेत्रबाट निर्वाचित नेता घनश्याम भुसालले समर्थन जनाएका छन्।
रुपन्देहीबाटै निर्वाचित अर्थमन्त्री बिष्णु पौडेलले मोतिपुरको सो शिलान्यास गर्न पुग्दा स्थानीयले विरोध गरेका थिए।
आफूहरुको जग्गामा जबजफ्ती औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको भन्दै स्थानीयहरुले सो कार्यक्रम बिथोलेका थिए।
कार्यक्रमस्थलमा ढुंगामुढा समेत भएपछि अर्थमन्त्री पौडेलले कार्यक्रम बीचैमा छाडेर बाहिरिएका थिए।
यो पनि : तनावका बीच बुटवलमा अर्थमन्त्रीले गरे मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास
भुसालले मोतिपुरमा नागरिकका तर्फबाट भएको विरोध–प्रतिरोधलाई आफूले समर्थन गर्ने बताएका छन्।
उनले त्यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले स्थानीय वासिन्दाको हकअधिकारको पक्षमा आवाज उठाउँदै र सम्बन्धित सरोकारवालासँग छलफल गर्दै आएको बताएका छन्। ‘कायरहरुले कसै गरे पनि स्थानीय वासिन्दाका हक–अधिकार खोस्न सक्ने छैनन्,’ शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै भुसालले भनेका छन्, ‘औद्योगिक कोरिडोर बन्ने हल्ला चलाएर जग्गा दलालीको लागि वातावरण बनाउने बाहेक तथाकथित शिलान्यासको कुनै अर्थ छैन, जनतालाई दुख दिएर अरु कुनै नाजायज फाइदा लिने उनीहरुको चाहनालाई पुरा हुन दिइने छैन।’
भुसालद्वारा जारी वक्तव्य:
प्रतिक्रिया