ad ad

राजनीति


इतिहासलाई पछाडि धकेल्न खोज्नेहरु रछ्यानमा पुग्छन्ः प्रचण्ड

इतिहासलाई पछाडि धकेल्न खोज्नेहरु रछ्यानमा पुग्छन्ः प्रचण्ड

नेपालखबर
साउन २५, २०७६ शनिबार १०:१२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासलाई पछाडि धकेल्न खोज्नेहरु रछ्यानमा पुग्ने चेतावनी दिएका छन्।

शनिबार राजधानीमा आयोजितएक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कसैले पछाडि फर्काउन खोज्दैमा इतिहास पछाडि नफर्कने दावी गरे।

जनतामा आएको राजनीतिक, सामाजिक जागरणसहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने उनको दावी थियो।

‘जनतामा राजनीतिक, सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाचडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्क्याईने नै गरेका छन्। नेपाल त्यसको अपवादमा हुनै सक्दैन।’

उनले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे। पुराना सोच, संरचना, मूल्य मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मूल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतन पक्षधरहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

उनले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठूलो भूमिका रहेको भन्दै प्रभावकारी भूमिका निर्वाहका लागि आग्रह गरे। कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .