ad ad

समाज


दुई युवाको मृत्यु भएपछि धादिङमा एक्स्काभेटरमा आगजनी

दुई युवाको मृत्यु भएपछि धादिङमा एक्स्काभेटरमा आगजनी

नेपालखबर
साउन २५, २०७६ शनिबार १०:७,

धादिङको गजुरी गाउँपालिकामा एक्स्काभेटरले खनेको खाल्डोमा परी दुई युवाको मृत्यु भएको छ। खोलाबाट अवैध तवरले बालुवा उत्खनन गर्न एक्स्काभेटरले खनेको खाल्डोमा स्थानीय युवाहरुको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा गजुरी गाउँपालिका ७ किरान्चोकका १८ वर्षीय भीमा तामांग र २१ वर्षीय सुमन तामांग रहेका छन्।

घटनापछि स्थानीयबासीले एक्स्काभेटरमा समेत आगजनी गरेका छन्। दुवै मृतक युवाको शव निकालिएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .