राज्यसञ्चालनमा देखिएकाे बेथितिप्रति व्यंग्य गर्दै विवेकशील साझा पार्टीका युवायुवतीले भ्यालेन्टाइन डे मनाएका छन्।
आइतबार ललितपुरको कृष्ण मन्दिर प्रांगणमा उपस्थित विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधि विधानअनुसार चल्न सचेत गराए।
उनीहरुले केपी ओली आई लभ यू होईन, विधिको शासन आई लभ यु, फ्रिडम फर लभ, मायाबिना संसार चल्दैन, मायाको परिभाषा हुँदैन, शब्द एउटै छ माया तर पनि महशुस अलग अलगै हुन्छ, मायाको कुनै रुपरंग हुँदैन लगायतका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।
भिडिओ :
प्रतिक्रिया