ad ad

राजनीति


नेता वाग्लेको शव चिकित्सा शास्त्रका विद्यार्थीलाई काम लागेन, बिपी प्रतिष्ठानले फिर्ता पठायो

नेता वाग्लेको शव चिकित्सा शास्त्रका विद्यार्थीलाई काम लागेन, बिपी प्रतिष्ठानले फिर्ता पठायो

नेपालखबर
माघ २४, २०७७ शनिबार ३:१७,

शंकास्पद मानिएको सडक दुर्घटनामा ज्यान गुमाएका आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्लेको शव चिकित्सा शास्त्रका विद्यार्थीलाई काम नलाग्ने भएको छ।

वाग्लेको शव चिकित्सा शिक्षाका विद्यार्थीलाई अध्ययनका हस्तान्तरण गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। तर, पोष्टमार्टम गरेको शव विद्यार्थीलाई अध्ययनको लागि काम नलाग्ने भएपछि दाहसंस्कारको तयारी गरिएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

वाग्लेकै इच्छाअनुसार उनको मृत शरीरे चिकित्सा शिक्षाका विद्यार्थीलाई अध्ययनका लागि हस्तान्तरण गर्न भनेर पार्टी र परिवारका सदस्यले बिहीबार साँझ धरान पुर्याएका थिए। ‘तर, पोष्टमार्टम (चिरफार) गरेको शवको ‘मेडिकल भ्यालु’ नहुने रहेछ,’ धरानमै रहेका नेकपाका केन्द्रीय सदस्य निर्मल बरालले भने, ‘पोष्टमार्टमपछि शनिबार बिहान शव सर्लाही नै फिर्ता पठाइएको छ।’

वाग्लेको शनिबार दिउँसो सर्लाहीको कर्मैयास्थित बागमती नदीमा अन्त्यष्ठि गर्ने तयारी नेकपाले अघि बढाएको छ। वाग्लेको अन्त्यष्ठि कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु सहभागी हुनेछन्।

वाग्लेका जेठा छोरा प्रज्वल जर्मनीबाट आउन समय लागेकाले शवको आज बिहान मात्रै पोष्टमार्टम गरिएको हो। प्रज्वल जर्मनीमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका छन्।

आन्दोलनरत नेकपाका सर्लाही जिल्ला इन्चार्जसमेत रहेका ५२ वर्षीय वाग्लेको बुधबार राति सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा शंकास्पद अवस्थामा शव फेला परेको थियो।

आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको दाबी प्रहरीले गरेको छ। तर, नेकपा सर्लाही जिल्ला कमिटी र वाग्लेका परिवारका सदस्यले भने उनको मृत्यु शंकास्पद देखिएको भन्दै छानविनको माग गरेका छन्।

इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए। बुधबार साँझ वाग्लेसँगै बसेर खाजा खाने दुई जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको भाटले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .