म्यानमारमा सेनाको नजरबन्दमा रहेकी नेत्री आङ सान सुची कहाँ छिन् अहिलेसम्म जानकारी सार्वजनिक हुन सकेको छैन।
उनलाई उनकै घरमा वा राजधानीस्थित सरकारी निवास कहाँ राखिएको छ भन्ने विषयमा अझै अन्योल छ।
त्यहाँ रहेका नेपाली पत्रकार (बीबीसी) दीपक भट्टराई आज बिहान नेत्री सुचीको घरछेउमै पुगेका छन् र त्यसको भिडिओ खिचेर आफ्ना अनुमान सार्वजनिक गरेका छन्।
बिहान आङ सान सू चीको यागौंस्थित घर छेउ पुगेर आएको।पहिले हालेको भिडियोमा त उनको निवासको पर्खाल देखिएकै रैनछ। फूलमा पानी हालेको भिडियोमा देख्नुभयो भने गमलामा हेर्नुहोला। उनको पार्टी एनएलडीको झण्डाको चिन्ह हो, जसले यो चुनावमा ८३% सिट जितेको थियो। रातोमा सेतो तारा र पहेंलो मयुर छ। 🙏 pic.twitter.com/3WOvKMWSG9
— Dipak Bhattarai (@dipakbhattarai) February 4, 2021म्यानमारमा अहिले फेसुबक पनि बन्द गरिएको छ।
याे पनि : सेनाको नजरबन्दमा रहेकी नेत्री सुचीविरुद्ध विभिन्न अभियोग दर्ता, फेब्रुअरी १५ सम्म हिरासतमै
प्रतिक्रिया