ad ad

ग्लोबल


अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको ट्रेनमा बेहोस भएपछि मृत्यु

अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको ट्रेनमा बेहोस भएपछि मृत्यु

नेपालखबर
माघ २२, २०७७ बिहिबार ११:४,

विराटनगरका बासिन्दा रविन आचार्यको बुधबार मृत्यु भएको उनका मामा दिक्षित गुरागाईले बताएका छन्।

सिड्नीमा अध्यनरत उनी ट्रेनमा एक्कासी बेहोस भएका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको थियो।

तर उनलाई त्यहाँ मृत घोषणा गरिएको गुरागाईको भनाइ छ। उनी भन्छन्,‘भान्जा रविनसँग १५ मिनेट अगाडि मात्र कुराकानी भएको थियो। उनको मृत्युको खबरले हामी दुःखी बनेका छौं।’

रविनले प्लस टु विराटनगरको अर्चिड कलेजबाट पास गरेका थिए। हाल उनी सिड्नीको एब्बी कलेजमा अध्ययनरत थिए।

रविनका भाई सविन आचार्य हाल सिड्नी मै छन्। हाल रविनको पार्थिव शरीरलाई नेपाल ल्याउने प्रयास भइरहेको छ।

पछिल्लो समय अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि अध्ययनको आकर्षक केन्द्र बनेको छ।

तर बेलाबखत त्यहाँ विभिन्न घटनामा परेर नेपाली विद्यार्थीहरुको मृत्युको भएका खबरहरु आउने गरेका छन्।

गत जनवरी महिनामा मात्र अस्ट्रेलियामा दुई नेपालीको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .