ad ad

राजनीति


कांग्रेसले भन्यो: संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय सर्वसम्मत्, पार्टीमा छैन कुनै अन्यौल

कांग्रेसले भन्यो: संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय सर्वसम्मत्, पार्टीमा छैन कुनै अन्यौल

नेपालखबर
माघ १४, २०७७ बुधबार ७:५२,

नेपाली कांग्रेसले सम्पूर्ण एकताका साथ संसद विघटनविरुद्ध आन्दोलन गर्ने सर्वसम्मत निर्णय गरेको हुँदा त्यसबारे पार्टीमा कुनै विवाद नरहेको प्रष्ट्याएको छ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख हुँदा त्यसविरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा रहेको र त्यसबारे कुनै अन्यौल नरहेको सो पार्टीले जनाएको छ।

कतिपय संचार माध्यममा नेपाली कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे भ्रमपूर्ण समाचार प्रकाशित भएको हुंदा त्यसलाई स्पष्ट गर्न प्रेस नोट प्रकाशित गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

‘संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएका हुन्,’ पौडेलले भनेका छन्, ‘माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको छ।’

यस्तो छ पौडेलले जारी गरेको प्रेस नोट

सर्वसम्मत निर्णय र सम्पूर्ण एकतासाथ : संसद विघटनविरुद्ध आन्दोलनमा छ नेपाली कांग्रेस

संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम विरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा छ। कतिपय संचार माध्यममा नेपाली कांग्रेस भित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे भ्रमपूर्ण समाचार प्रकाशित भएको हुंदा त्यसलाई स्पष्ट गर्न यो प्रेस नोट प्रकाशित गरिएको छ।

संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्र देखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएका हुन्। माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको छ।

आन्दोलनका आगामी कार्यक्रम निम्नानुसार रहेका छन्ः
८ माघ १९ गते सोमबार
भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्तरुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने।

८ माघ २४ गते शनिबार
शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने।

८ फागुन ३ गते सोमबार
नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने।

(जिल्ला कार्यसमिति एवं भ्रातृ र शुभेच्छुक संस्थाहरूले यी कार्यक्रमलाई असर नपर्ने गरि अन्य कार्यक्रम समेत आयोजना गर्नसक्ने छन्)

अघिल्ला प्रदर्शनहरुमा रहेकोे ब्यापक सहभागिताले संसद विघटनविरुद्ध नेपाली जनताको भावनालाई अभिब्यक्त गरेको छ। आन्दोलनका आगामी कार्यक्रमहरुमा अझै व्यापक सहभागिता जुटाउन सिंगो पार्टी सम्पूर्ण एकताका साथ मैदानमा रहेको छ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .