अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले घृणा फैलाउने नेता अस्वीकार गर्न अमेरिकी नागरिकलाई आग्रह गरेका छन्।
आफ्ना कुनै पनि नेताको घृणा र जातीयता प्रवर्द्धन गर्ने अभिव्यक्ति अस्वीकार गर्न ओबामाले अमेरिकीहरूलाई आग्रह गरेका हुन्।
ओबामाले कसैको नाम लिएनन् यद्यपी उनले ट्रम्प लक्षित अभिव्यक्ति दिएको अनुमान लगाउन सकिन्छ।
किनभने हालै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विरोधी भाषण गरेका थिए। तर आफ्नो भाषणले हिंसा चर्काएको भनेर ट्रम्प स्वीकार गरिरहेका छैनन्। एजेन्सी
प्रतिक्रिया