ad ad

राजनीति


धारा ३७० खारेज भएपछि पाकिस्तानले भन्योः भारतले खेल्यो खतरनाक खेल

धारा ३७० खारेज भएपछि पाकिस्तानले भन्योः भारतले खेल्यो खतरनाक खेल

नेपालखबर
साउन २०, २०७६ सोमबार ९:५८,

सोमबार भारतले उसको संविधानको धारा ३७० खारेज गर्दै जम्मु कास्मिरलाई प्रदान गरेको विशेष अधिकार तथा स्वायत्तता केन्द्र सरकारको मातहतमा पुर्याएको छ।

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीले धारा ३७० खारेज भएसँगै भने,‘भारतले धेरै खतरनाक खेल खेलेको छ। यसको असर पुरा इलाकामा भयानक हुनसक्छ। इमरान खान कास्मिर विवाद समाधानको बाटोमा लागेका छन् तर भारतको नयाँ फैसलाले विषय जटिल बनेको छ। कास्मिरी जनतालाई पहिल्यैदेखि कैद गरिएको छ। हामीले यस मामलाका बारेमा संयुक्त राष्ट्रसंघमा सूचित गरेका छौं। सबै मुसलमान मिलेर कास्मिरीको सुरक्षाको प्रार्थना गरौं। कास्मिरी जनताको पक्षमा पाकिस्तान सँधै छ।’

कास्मिर क्षेत्रलाई भारत र पाकिस्तानले आफ्नो भूमिको रुपमा दाबी गर्दै आएको छ। त्यहाँ बारम्बार भारत र पाकिस्तानबीच विवाद हुँदै आएको छ। पाकिस्तानस्थित आतंकवादी संस्थाले भारतीय सेनामाथि त्यस क्षेत्रमा आक्रमण गर्दै आएका छन्।

आइतबार पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको वैठक बसेको थियो। उक्त वैठकपछि भारतीय सेनाको कुनैपनि दुःसाहसको जवाफ दिन पाकिस्तान तयार भएको पाकिस्तानले बताएको थियो। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .