ad ad

समाज


साग हुने भएपछि पोखरामा पनि ट्राफिक लाइट!

साग हुने भएपछि पोखरामा पनि ट्राफिक लाइट!

वाशुदेव मिश्र
साउन २०, २०७६ सोमबार ९:४४,

 पोखरा महानगरपलकाका मेयर मानबहादुर जिसीले दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका बेलाको ट्राफिक व्यवस्थापन गर्न पोखराको ४ ठाउँमा ट्राफिक लाइट जडान गर्ने उद्घोष गरेका छन्।

उनले आउँदो मंसिरसम्म पोखराको सृजनाचोकमा बाटो काट्ने आकासेपुल पनि बनिसक्ने दावी गरे। आउँदो मंसिरमा सागअन्तर्गतका केही खेलहरु पोखरामा आयोजना हुँदैछन्।

पोखरामा अहिले ट्राफिक व्यवस्थापन समस्या बनेर देखा परेको छ। सडकमा गाडीहरुको जाम बढेको छ भने बाटो काट्न धौ–धौ हुने अवस्था छ। तर, पोखरामा अहिलेसम्म एउटै चोकमा ट्राफिक लाइट छैन। केही वर्षअघि यहाँका चोकहरुमा राखिएका ट्राफिक लाइट कहाँ गए, कसैलाई थाहै छैन।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रका अनुसार अहिले पोखरामा १ सय जना ट्राफिक प्रहरी कार्यारत छन्। उनका अनुसार यो जनशक्ति अपुग छ। ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २ सय ५० जनशक्ति आवश्यक भएको उनको भनाई छ।

महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण (रोड डिभाइडर) हस्तान्तरण गर्ने क्रममा मेयर जिसीले समग्र पोखराको यातायात व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको बताए। ‘यातायात व्यवस्थापनसम्बन्धी योजना बनाउँदैछौं,’ प्रमुख जिसीले भने, ‘अबको ६ महिनामा योजना तयार हुन्छ र योजना अनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ।’ उनले सागको सुरक्षालाई ध्यानमा राखेर सहरका मुख्य ठाउँहरुमा सीसीटीभी जडानको योजना बनेको पनि सुनाए।

पोखराका केही सडकहरुमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि उनले औँल्याए। भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक यातायात बसहरुमा इ—टिकटिङ लागू गरिने र त्यसलाई क्रमश कार्ड सिस्टमा लैजाने तयारीसहित काम भइरहेको जिसीले जानकारी दिए।

सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी निरीक्षक मुरारी मिश्रलाई हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .