ad ad

कारोबार


सेयरबजारमा गिरावट जारी, वाणिज्य बैंकहरुको धेरै कारोबार

सेयरबजारमा गिरावट जारी, वाणिज्य बैंकहरुको धेरै कारोबार

नेपालखबर
साउन २०, २०७६ सोमबार ९:४२,

साताको दोस्रो कारोबार दिन आज पनि सेयरबजार ओरालो लागेको छ। पहिलो दिन ४.२० अंकले ओरालो लागेको बजार कारोबार मापक नेप्से सूचक आज ४.५५ अंकले घटेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ सय ६७ कम्पनीको १५ लाख कित्ता सेयर बिक्री भएका छन्। त्यस्तै ४४ करोड ३२ लाखको कारोबार भएको छ। आइतबार ४७ करोडको सेयर कारोबार भएको थियो। आज कारोबार रकम घटे पनि बिक्री भएको सेयर संख्या भने बढेको छ।

त्यस्तै आज म्युचुअल फन्ड समूहको कारोबार शून्य दशमलव ११ अंकले र निर्जीवन बीमा समूहको ३.४९ अंकले कारोबार सूचक उकालो चढ्दा वाणिज्य बैंक, होटल, विकास बैंक, ऊर्जा, फाइनान्स, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमाको सूचक ओरालो लागेका छन्।

सेयर कारोबारका हिसाबले आज नेपाल बैंकको प्रतिकित्ता ३ सय ३१ रुपैयाँ दरमा २ करोड ६९ लाखको कारोबार भएको छ। त्यस्तै, कृषि विकास बैंकको १ करोड ९४ लाखको प्रतिकित्ता ४ सय ३३ रुपैयाँमा, एनसीसी बैंकको प्रतिकित्ता २ सय ४४ रुपैयाँ दरमा १ करोड ७१ लाखको, छिमेक लघुवित्त विकास बैंकको १ करोड ६९ लाखको, एनआईसी एसिया बैंकको १ करोड ६१ लाखको, शिवम् सिमेन्टको १ करोड ६० लाखको, मेगा बैंकको १ करोड २२ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

कमाइका हिसाबले भने आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै ४.०४ प्रतिशत अर्थात् प्रतिकित्ता ३२ रुपैयाँ कमाएका छन्। त्यस्तै, रिलायन्स फाइनान्स लिमिटेडका सेयरधनीले ३.३३ प्रतिशत अर्थात् प्रतिकित्ता ४ रुपैयाँ कमाउँदा एनएमबी हाइब्रिड फन्ड एल१का सेयरधनीले २.३७ प्रतिशत आम्दानी गरेका छन्।

गुमाउनेमा भने आज स्पर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९२ प्रतिशत अर्थात् प्रतिकित्ता ७२ रुपैयाँ गुमाएको नेप्सेले जनाएको छ। त्यस्तै धेरै गुमाउने दोस्रो नम्बरमा परेको सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीको पनि आज ५५ रुपैयाँ प्रतिकित्ता गुमेको छ।

गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५४ रुपैयाँ, मिथिला लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४२ रुपैयाँ, इन्फिनिटी लघुवित्तका सेयरधनीले ३६ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .