भारत प्रशासित जम्मु-काश्मिरमा तनाव भएकाे छ। ठूला नेता नजरबन्दमा परेका छन्।
नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबुबा मुफ्ती र जम्मु कास्मिर पिपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको हो।
आइतबर राति नाटकीय रूपमा घटनाक्रम विकास भएको बीबीसीले उल्लेख गरेको छ।
बीबीसी हिन्दीका अनुसार संविधानको धारा १४४ लागू गरेर श्रीनगरमा मानिसहरूको आवतजावत बन्द गराइएको छ।
साथै त्यहाँका सबै शिक्षण संस्था बन्द गरिएका छन् भने श्रीनगरमा मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ।
भारतले दशौं हजार सैनिक काश्मिर उपत्यकामा खटाइसकेको समाचारमा उल्लेख छ।
नजरबन्दपछि पहिलोपटक ट्वीट गर्दै भूतपूर्व मूख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्- ‘के हुन लागेको हो त्यो हामीलाई थाहा छैन, तर अल्लाहले हाम्रा लागि जे सोचेका छन्, त्यो राम्रै होला भन्ने म काश्मिरका मानिसहरूलाई भन्न चाहन्छु। हामीले शङ्का गर्नुहुँदैन र सबैलाई शुभकामना दिन चाहन्छु। सबै जना सुरक्षित रहौँ र त्यो भन्दा पनि बढी सबै संयमित रहौँ।’
आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक ट्वीट लेख्दै कास्मिरमा मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपतिको प्रस्ताव कार्यान्वयन नगरे स्थिति अझै भयावह हुन सक्ने बताएका थिए।
प्रतिक्रिया