ad ad

राजनीति


अमेरिकी संसदमा तोडफोड हुँदै गर्दा भारतीय झण्डा प्रदर्शन (भिडियो)

अमेरिकी संसदमा तोडफोड हुँदै गर्दा भारतीय झण्डा प्रदर्शन (भिडियो)

नेपालखबर
पुस २३, २०७७ बिहिबार ११:१२,

बुधबार अमेरिकी संसदमा ट्रम्पका समर्थकले आक्रमण गरेका थिए। सो घटनामा चार जनाको मृत्यु भएको छ भने ५२ लाई गिरफ्तार गरिएको छ।

हालै सार्वजनिक भएको भिडियोमा अमेरिकी संसद अगाडि अमेरिकी झण्डासँगै भारतीय झण्डा प्रदर्शन गरेको देखिएको हो।

संसदमा इलेक्टोरल भोट प्रमाणिकरण गर्ने कार्य चलिरहँदा ट्रम्पका समर्थकले चुनावमा धाँधली भएको भन्दै तोडफोड मच्चाएका थिए।

संसदमा तोडफोड हुँदैगर्दा भारतीय झण्डा देखिएपछि यस विषयले चर्चा पाएको छ। यस घटनामा प्रतिक्रिया जनाउँदै भारतीय जनता पार्टीका सांसद वरुण गान्धीले यस कार्यको निन्दा गरेका छन्।

(भिडियो)

गान्धीले ट्वीटमा प्रश्न गरेका छन्,‘त्यहाँ भारतीय झण्डा किन देखिएको छ?’ उनी भन्छन्,‘ यो यस्तो लडाइँ हो जसमा हामी निश्चित रुपमा सामिल हुन जरुरी छैन।’

हाल अमेरिकी संसदले बाइडेनले अमेरिकाको राष्ट्रपतिको निर्वाचन जितेको भनेर प्रकाणिकरण गरिसकेको छ।

ट्रम्पले आफूले सत्ता हस्तान्तरण गर्ने त बताएका छन् यद्यपी उनले चुनावमा धाँधली भएको आफ्नो दाबी फिर्ता लिएका छैनन्।

बिहीबार मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदमा तोडफोड भएको विषयमा प्रतिक्रिया जनाउँदै ट्वीटमा भनेका थिए,‘वासिङटन डीसीको दंगा र हिंसाको खबरले चिन्तित बनाएको छ। सत्ता हस्तान्तरण शान्तिपूर्ण ढंगबाट हुनुपर्छ। लोकतान्त्रिक प्रक्रियालाई गैरकानूनी विरोधले बिगार्न सक्दैन।’

यो पनिः अमेरिकी संसदमा ट्रम्प समर्थकको आक्रमण, कसले के भने?

अमेरिकी संसदभित्रै यसरी चल्यो गोली, मृत्यु भएकी महिला पूर्व अमेरिकी सेना (भिडियो)

ट्रम्पको अवरोधबीच अमेरिकी संसदले राष्ट्रपतिमा बाइडेन विजयी भएको प्रमाणित गर्‍यो

वासिङटनमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा, सडकमा तैनाथ गरियो भारी सुरक्षाकर्मी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .