ad ad

खेल


बिगबास लिगमा सिड्नी थन्डरसँग हार्‍यो सन्दीप सम्मिलित होबर्ट हरिकेन्स

बिगबास लिगमा सिड्नी थन्डरसँग हार्‍यो सन्दीप सम्मिलित होबर्ट हरिकेन्स

नेपालखबर
पुस २३, २०७७ बिहिबार ११:२,

अष्ट्रेलियामा जारी बिगबास लिग क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबर्ट हरिकेन्सले लगातार दोस्रो हार व्यहोरेको छ।

हरिकेन्स सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो। सिड्नीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको होबर्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन मात्र जोड्न सक्यो। होबर्टलाई कम स्कोरमा रोक्न क्रिस ग्रिन, तनभिर सँघ र नेथन म्याकएन्ड्रयुले समान २ लिए। अर्जुन नेर आडम मिल्नेले एक–एक विकेट लिए।

होबर्टका पिटर ह्याण्डसकोमले ३०, बेन म्याकडर्मोटले २२ र डेविड मलानले २० रन जोडे। अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि पर्थ स्टेडियममा हरिकेन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सिड्नी थन्डरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको थियो।

सिड्नीका ओपनिङ ब्याट्सम्यान उस्मान ख्वाजा र एलेक्स हेल्सले ५९ रनको साझेदारी गरे। १९ बलको सामना गरेका एलेक्सले ४ चौका प्रहार गर्दै २१ रन जोडे। ३३ बलको सामना गरेको ख्वाजाले ६ चौका मद्धतमा ४९ रनको योगदान गरे। अर्जुन नैर १५ रनमा रन आउट भए। एलेक्स रोस ४४ र वेन कटिङ ३१ रनमा नटआउट रहे।

आजको खेलमा पनि सन्दीपले एक विकेट लिए। सन्दीपले सातौ ओभरको चौथो बलमा क्यालम फग्र्युसनलाई जोहान बोथाको हातबाट क्याच आउट गराए। सन्दीपले जारी खेलमा पाँचौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले ६ रन खर्चे। सन्दीपले आफ्नो स्पेलमा २३ रन खर्चेर १ विकेट लिए। घातक बलिङ गरेका डि अर्ची सर्टले मात्र २६ रन खर्चेर ३ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .