ad ad

राजनीति


गुट होइन, एजेन्डामा बहस गर्ने बेला आयोः भुसाल

गुट होइन, एजेन्डामा बहस गर्ने बेला आयोः भुसाल

नेपालखबर
साउन १८, २०७६ शनिबार ११:५९,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर एजेन्डामाथि बहस गर्ने बेला आएको बताएका छन्।

शनिबार प्रगतिशील लेखक संघ गोरखाले गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन्।

नेता भुसालले इतिहासलाई हेरेर नभई नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्ने बेला आएको भन्दै अब पार्टीभित्रको गुट–उपगुट त्यागेर अघि बढ्नुपर्ने बताए। ‘जनयुद्ध र सबै खालका आन्दोलन तथा वर्ग संघर्षका भोगाइबाट नेपाली मोडलको समाजवाद निर्माणको बाटो अहिलेको पुस्ताले कोर्नुपर्छ’, नेता भुसालले भने, ‘अब अलमल गरेर बस्ने होइन।’

चुनाव जित्ने र सत्तामा पुग्ने मात्र पार्टीको सपना भए अझै १० वर्षसम्म केही नगर्दा पनि हुने भन्दै उनले समाजवाद पुग्ने हो भने नेपाली मोडलको कार्यदिशा निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिए। ‘इतिहासमा यो ग¥यौँ ऊ ग¥यौँ भनेर अल्झिने हो भने समाजवादमा पुग्न सकिँदैन, इतिहासबाट सिकेर अब यसरी अगाडि बढ्ने हो भनेर सबै कार्यकर्तालाई भन्न सक्नुपर्छ’, उनले भने, ‘त्यसका लागि पार्टीभित्रको गुट–उपगुटमा अल्झिएर बस्नु हुँदैन।’

नेता भुसालले अहिले नेपाल कम्युनिस्ट पार्टीलाई जनताले लेकमा पु¥याएको भन्दै एकैपटक तराईबाट लेकमा पुग्दा पार्टीको जीवन लेकमा समायोजन हुन केही समस्या र अप्ठ्यारा आउनु स्वाभाविक भएको तर्क गरे। ‘जसरी तराईमा बसोबास गर्दै आएको व्यक्तिलाई उच्च हिमाली भेक पुग्दा केही त्यहाँको वातावरणमा मिल्न समस्या हुन्छ, अहिले नेकपामा भएको पनि त्यस्तै मात्र हो, अरु ठूलो समस्या छैन’, उनले भने।

नेता भुसालले १५ दिनभित्रमा सकिने जिल्ला कमिटीको एकताको काम टुंग्याउन १५ महिना लगाउने काम गलत भएको बताए। ‘अखिर १५ दिनमै सकिने रहेछ, त्यति कामका लागि हामीले १५ महिना लगायौँ, यसले राम्रो सन्देश जाँदैन’, उनले भने, ‘यस्ताखालका कमकमजोरी अब हुन दिनु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .