वुल्भ्सले बनाएको २ सय २२ रन पछ्याएको टोरोन्टो २ सय ११ रनमा समेटियो। सन्दीपले ४ ओभरमा ४४ रन खर्चिएर १ विकेट लिए।
सन्दीपले पहिलो ओभरमै २४ रन खर्चिएका थिए। सो ओभरमा उनले २ चौका र २ छक्का ब्यहोरेका थिए।
बाबर हायातले १८ बलमा नटआउट ४८ रन तथा जर्जी मुन्सेले ३६ बलमा ६६ रन बनाएपछि वुल्भ्सले ठूलो स्कोर बनाएको थियो।
जवाफमा कप्तान युवराज सिंहले २२ बलमा ५१ रन बनाएपनि टोरोन्टोलाई जिताउँन सकेनन्।
टोरोन्टोको चौथो खेलमा यो तेस्रो हार हो। २ अंक रहेको टोरोन्टो पाँचौ स्थानमा छ। वुल्भ्स भने सबै ४ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको छ।
यस सिजनमा ६० हजार अमेरिकी डलरमा टोरोन्टोले सन्दीपलाई अनुबन्ध गरेको हो।
सुरुवाति तीन खेलमा राष्ट्रिय टोलीबाट विश्व टि-२० अन्तर्गतको एसिया छनौटमा व्यस्त भएका सन्दीपकाले सन्दीप टोरोन्टोमा उपलब्ध हुन सकेका थिएनन्।
Shares
प्रतिक्रिया