ad ad

राजनीति


बालुवाटारमा प्रचण्ड र वामदेवलाई बोलाएर ओलीले अपमान गरे : पोखरेल

बालुवाटारमा प्रचण्ड र वामदेवलाई बोलाएर ओलीले अपमान गरे : पोखरेल

शैलेन्द्र महतो
पुस १६, २०७७ बिहिबार १४:२९,

नेकपाका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता वामदेव गौतमलाई अपमान गरेको दाबी गरेका छन्।

शुक्रबार जनकपुरमा नेकपा (प्रचण्ड–नेपाल) पक्षको प्रदेश २ भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता वामदेवलाई बालुवाटारमा बोलाएर आफ्ना आसेपासे लगाइ घोर अपमान गरेको बताए।

उनले प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट संसद विघटन गरी भ्रम छर्ने काम गरिरहेको आरोप पनि लगाए। ओलीले पार्टीको आन्तरिक विवादको नाममा संसद नै विघटन गरी कुतर्क गरेर भ्रम छर्ने कार्य गरिरहेको बताउँदै पोखरेलले यसलाई चिर्नुपर्ने आवश्यक्ता रहेको औँल्याए।

‘ओलीले जाली फटाहा र झुठको खेती गरेर असंवैधानिक कदम चाल्दै संसद भंग गरेका हुन्’ पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेले भने, ‘प्रतिगमन दोश्रो चरणमा प्रवेश गरेको छ। त्यसैले अहिलेको संविधान नै डेन्जर जोनमा छ। यो समयमा विभिन्न आन्दोलनकारी दलहरुसँग मिलेर संयुक्त आन्दोलनको आवश्यक्ता छ।’

यस्तै भेलामा अर्का स्थायी समिति सदस्य मातृका प्रसाद यादवले प्रधानमन्त्री ओलीले मन्त्री पद वितरण गरिरहेकाले अवसरवादी प्रवृतिका नेताहरु दोधारमा रहेको बताए। मन्त्री बनाइदेलान् की पैसा देलान् भनेर केही साथीहरु अन्योलमा परेको उनको भनाइ छ। उनले आफूहरु आन्दोलनको लागि तयारी अवस्थामा रहेको भन्दै कतैबाट कुनै प्रकारको अवरोध खडा गरे प्रतिवाद गर्ने समेत चेतावनी दिए।

भेलामा प्रदेश नम्बर २ का ८ वटै जिल्लाबाट स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश समितिका नेता तथा सदस्यहरु, प्रदेशसभा सदस्य, जिल्ला इन्चार्ज, सेक्रेटरी लगायतको सहभागिता रहेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए। उनका अनुसार बिहीबारको भेलाबाट भएको निर्णय सार्वजनिक गर्न शुक्रबार बिहान ८ बजे प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .