ad ad

राजनीति


मेयर शाक्य भन्छन् : विवादले ठूला आयोजना अगाडि बढाउन सकिएन

मेयर शाक्य भन्छन् : विवादले ठूला आयोजना अगाडि बढाउन सकिएन

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १२:१७,

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिवद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गरेका छन्।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तर्राष्ट्रिय स्तरको मेगा हल लगायतका परियोजना सुरु गर्न नसकिएको बताए।

मेयर शाक्यले विभिन्न विवादका कारण परियोजनालाई अगाडि बढाउन नसकिएको बताए। काठमाडौं महानगरपालिकाको हरि भवन पुननिर्माण गर्ने भनिएकोमा अदालतमा मुद्दा परेपछि निर्माण सुरु गर्न नसकिएको बताए। तरपनि अधिकांश वडा कार्यालयको भवन निर्माणमा भने सफल भएको उनको भनाई छ। महानगरबासीलाई एउटै भवनबाट सेवा दिने प्रतिवद्धता जनाएको तर अदालतमा मुद्दा परेपछि काम गर्न नसक्दा दुःख लागेको बताए।

उपत्यकाको चक्रपथमा मोनोरेल निर्माण गर्ने प्रतिवद्धता जनाएपनि प्राविधिक कारणले निर्माण कार्य गर्न नसकिएको बताए। चक्रपथमा सडक विस्तारको कार्य सम्पन्न नभएकाले महानगरपालिकाले ल्याएको मोनोरेल निर्माण गर्ने कार्यको सुरुवात गर्न नसकिएको बताए।

यस्तै तीनकुनेमा बनाउने भनिएको बुद्ध पार्क मुआब्जा विवादका कारण बनाउन नसकिएको पनि बताए। बुद्ध पार्कको डिजाइन तयार भइसकेको अवस्थामा पनि मुआब्जा विवाद भएपछि काम गर्न नसकिएको बताए।

यस्तै काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको मेगा हल निर्माण गर्ने योजना पनि महानगरपालिकाको छ। काठमाडौंको भृकुटी मण्डपमा बनाउने भनिएपनि महानगरपालिकाको स्वामित्वमा भृकुटीमण्डप नहुँदा काम गर्न नसकिएको बताए। तर सहमतिका लागि सम्बन्धित निकायमा पत्राचार गरिएपनि निर्णय नहुँदा मेगा हल निर्माण गर्न नसकिएको बताए।

महानगरभित्रको पार्किङ व्यवस्थापनका लागि विभिन्न ठाउँमा पार्किङ स्थल निर्माण गर्ने भनिएपनि काम गर्न नसकिएको बताए। काम गर्न खोज्दा खोज्दैपनि विरोध गर्ने प्रवृतिले गर्दा आयोजनाहरुलाई अगाडि बढाउन समस्या हुने गरेको बताए। कुनैपनि कामको विरोध गर्ने प्रवृतिलाई धर्मको रुपमा लिने र विरोध गरी असफल बनाई आफू सफल हुन खोज्ने मानसिकताले गर्दा पनि समस्या भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .