ad ad

राजनीति


२९ गतेको विरोध कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउन कांग्रेसको अपिल

२९ गतेको विरोध कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउन कांग्रेसको अपिल

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १२:३४,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहारको विरुद्धमा २९ गते हुने प्रदर्शनलाई सशक्त र प्रभावकारी बनाउन अपिल गरेको छ।

शुक्रबार बसेको पार्टी केन्द्रीय संगठन विभागको बैठकले २९ गतेको प्रदर्शनलाई सशक्त र प्रभावकारी बनाउन जनसमूदायसँग अपिल गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै बैठकले मोरङमा विप्लव समूहद्वारा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठका हत्यामा संलग्नलाई कानुनी कारबाही गरी पीडितलाई न्यायको प्रत्याभूति दिलाउन माग गरेको छ।

त्यस्तै बैठकले निकट भविष्यमा कोरोनाविरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहज रुपमा आपूर्ति गर्ने व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ।

सरकारको अकर्मन्यता, भ्रष्टाचारकाविरुद्ध नागरिक स्तरबाट उठाएका मुद्दाहरुप्रति कांग्रेसको ध्यानाकर्षण भएको बताउँदै लोकतान्त्रिक आन्दोलनबाट उपलब्ध भएको ऐतिहासिक संवैधानिक व्यवस्थामाथि सिर्जित समस्याको भागिदार नेकपा सरकार नै हुने बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .