ad ad

राजनीति


सरकारविरोधी प्रदर्शन रोक्न विपक्षीहरुलाई पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

सरकारविरोधी प्रदर्शन रोक्न विपक्षीहरुलाई पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ७:३२,

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनेको जुलुस हालका लागि रोक्न आग्रह गरेका छन्।

पाकिस्तानमा कोभिड १९ को असर अझै धेरै मात्रामा देखिएकाले देशमा ठूलो संख्यामा जुलुस निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै ननिकाल्न आग्रह गरेका हुन्।

पाकिस्तानमा वर्तमान सरकारविरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरु लागेका छन्। उनीहरुले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुस निकाल्ने तयारी गरेका छन्।

यसअघि नै सरकारले नारा–जुलुस तथा सरकारविरोधी प्रदर्शन रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमहरुले बताएका छन्।

तर पनि विपक्षीहरुले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरुलाई सार्वजनिक रुपमा यो आग्रह गरेका हुन्। पाकिस्तानका अधिकारीहरुले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन्।

प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका कम्तिमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका बिरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका थिए।

अर्कातर्फ यहाँका विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारविरुद्धको आन्दोलनलाई जारी नै राखेका छन्। यसैले यहाँको सरकारले हालैका दिनहरुमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरुका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .