राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर कुरा गर्ने प्रस्ताव राखेका छन्।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै रविले सामाजिक सञ्जालमा लेखेका छन्, 'न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू। फर्केर आउनूस्। बसेर कुरा गरौँ। सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि...।'
आइतबार मात्र लामिछानेका व्यापारिक साझेदार छविलाल बन्जाडे जोशी पक्राउ परेका थिए। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा छविलाल पक्राउ परेपछि उनका साझेदार रवि पनि पक्राउ पर्ने आकलन गरिएको छ।
भाग्ने तयारीमा थिए छवि, प्रहरीको उच्च निगरानीमा रवि
165
Shares
प्रतिक्रिया