ad ad

समाज


फाइजरको कोभिडविरुद्धको खोपको पक्षमा अमेरिकी खाद्य तथा औषधि प्रशासनका सल्लाहकार

फाइजरको कोभिडविरुद्धको खोपको पक्षमा अमेरिकी खाद्य तथा औषधि प्रशासनका सल्लाहकार

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ७:४५,

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) का बाह्य सल्लाहकारहरुले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई सरकारले अनुमति दिनुपर्ने बताएका छन्।

बिहीबार भएको मतदानमा आकस्मिक प्रयोगका लागि फाइजरको खोपलाई एफडीएले अनुमति दिनुपर्ने निष्कर्षसहित सुझाव मत जाहेर गरेका हुन्। योसँगै एफडीएले केही दिनमै फाइजरको खोप प्रयोगको स्वीकृति दिने अनुमान गरिएको छ।

सल्लाहकार सदस्यहरुबीच भएको मतदानमा १७ जनाले फाइजरको खोप प्रयोगलाई स्वीकृति दिनुपर्ने पक्षमा र ४ जनाले त्यसको विपक्षमा मत दिएको रोयटर्सले जनाएको छ। १६ वर्षदेखि माथि उमेरकालाई खोप दिन हुने सुझाव आएको हो।

फाइजरले यसअघि नै अनुमतिका लागि आवेदन दिइसकेको छ। उसले १६ देखि ८५ वर्षसम्मका मानिसमा आफ्नो खोप लगाउन सकिने बताएको छ। तर सल्लाहकार सदस्यहरुले १६ र १७ वर्षका उमेरमा खोप दिने कि नदिने भनेर छलफल गरेका थिए। पछि यी उमेरलाई पनि खोप दिनुपर्ने निष्कर्ष निकालिएको थियो।

विपक्षमा मतदान गर्नेहरुले भने १६ र १७ वर्षमा खोप प्रयोग गर्न उपयुक्त नहुने मत दिएको बताइएको छ। एफडीएले अब अन्तिम स्वीकृति केही दिनमै प्रदान गर्ने बताइएको छ।

यसैबीच, एफडीएले फाइजरको खोप लगाएकामा देखिएको भनेको एलर्जीको समस्या र कारणबारे अनुसन्धान गर्ने जनाएको छ। बेलायतले यसअघि नै फाइजरको खोप प्रयोग सुरु गरिसकेको छ भने क्यानडाले पनि यसलाई प्रयोगका लागि स्वीकृति दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .