ad ad

राजनीति


‘भारतीय विदेश सचिवको भ्रमणले दुई देशबीच सम्वादहिनता तोडियो’

‘भारतीय विदेश सचिवको भ्रमणले दुई देशबीच सम्वादहिनता तोडियो’

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार १४:२९,

पूर्व परराष्ट्रसचिव प्रधुम्नविक्रम शाहले भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको नेपाल भ्रमणले दुई देशबीचको संवादहीनता तोडेको बताएका छन्।

दुईदिने भ्रमण सकेर आज स्वदेश फकिएका श्रृंगलाको नेपाल भ्रमणले नेपाल भारतबीच विगत एक वर्षदेखिको संवादहिनता तोडेको उनले बताए।

दक्षिण एसियाको महाशक्तिका रुपमा उदाइरहेको भारतलाई नेपाल लगायत छिमेकीहरुसँग चिसिएको सम्बन्धले फाइदा पनि नगर्ने उनले बताए। श्रृंगलाको नेपाल भ्रमणले दुई देशबीचको चिसिएको सम्बन्ध सुमधुर मात्रै नभएर भारतको आन्तरिक जीवनमा पनि यसले ठूलो भूमिका खेल्ने उनले बताए।

उनले भने, ‘यसले बलरोल हुन थालेको छ। दुई पक्षीय वार्ता नभएर संवादहिनताको अवस्थालाई यसले चिरेको छ। भारतको चाहानापनि छिमेकी राष्ट्रहरुसँग चिसिएको सम्बन्धले फाइदा गर्दैन भन्ने हो। आन्तरिक राजनीतिक र अन्तर्राष्ट्रियस्तरम भारतको ‘क्रिटिसिजम’ नै हुन्छ। त्यसैले पनि भारतले नेपाल लगायत माल्दिभ्स, भुटान र बंगलादेश लगायतका देशहरुसँग सम्बन्ध विकास गरिरहेको छ। संयुक्त राष्ट्रसंघिय परिषदको सदस्यता पाउन प्रयासरत रहेको भारतलाई सबै देशहरुको सपोर्ट आवश्यकता पर्छ। त्यसैले भारतले सबै छिमेकीहरुसँको सम्बन्ध सौहार्द राख्न प्रयास गरेको छ।’

पूर्व परराष्ट्रसचिव शाहले परराष्ट्रमन्त्रीस्तरमा हुने वार्तामा नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत ७१ ठाउँमा देखिएको सीमा विवादको विषयलाई मुख्य मुद्दा बनाउनुपर्ने बताए।

इपिजीले तयार पारेको प्रतिवेदनमाथि पुनः दुबै पक्षले छलफल गरी अन्तिम रुप दिनुपर्ने सुझाव पनि उनले दिए। नेपालको तराई क्षेत्रमा वर्षेनी डेढ दर्जनभन्दा बढी क्षेत्रमा डुबानको समस्या रहेको उल्लेख गर्दै उनले त्यो समस्या समाधान गर्दै नेपाल भारतको बढ्दो व्यापारघाटाको विषयमा पनि नीति परिवर्तनको मुद्दा उठाउनुपर्ने बताए। उनले रक्सौल-काठमाडौं र पूर्व-पश्चिम रेल तथा हुलाकी राजमार्ग लगायतका एजेण्डा राख्नुपर्ने पनि बताए।

बिहीबार नेपाल आउनुभएका भारतीय विदेशसचिव श्रृंगला आज (शुक्रबार) फर्किएका छन्। नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .