ad ad

कारोबार


नौ महिनापछि कतारमा नयाँ श्रमिक पठाउने प्रक्रिया सुरु

नौ महिनापछि कतारमा नयाँ श्रमिक पठाउने प्रक्रिया सुरु

उजिर कार्की
मंसिर १२, २०७७ शुक्रबार १४:४१,

वैदेशिक रोजगारीका लागि कतारमा नयाँ श्रमिक पठाउने प्रक्रिया सुरु भएको छ।

बन्द भएको झण्डै ९ महिनापछि त्यहाँस्थित नेपाली दूतावासले मागपत्र प्रमाणिकरण सुरु गरेसँगै नयाँ श्रमिक भर्ती गर्ने बाटो खुल्ला भएको हो।

दूतावासले मागपत्र प्रमाणिकरण गर्न सुरु गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले बताए।

कोरोना संक्रमणका कारण गएको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया बन्द भएको थियो। दूतावासले समेत माग प्रत्र प्रमाणिकरण गर्न छाडेपछि कतारबाट कामदारको माग आउन सकेको थिएन।

त्यहाँस्थित कम्पनीले नेपाली श्रमिक माग गर्दा दूतावासमा सबै जानकारीसहित निवेदन दिनुपर्छ।

दूतावासले कम्पनीको अवस्था, श्रमिकका लागि आधारभूत व्यवस्था लगायतको अनुगमन गरेर मागपत्र स्वीकृत गर्ने नगर्ने निर्णय गर्छ।

दूतावासको अनुमतिपछि मात्रै श्रमिक भर्ना गर्नका लागि वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति दिन्छ। विभागबाट स्वीकृति लिएपछि म्यानपावर कम्पनीले कामदार भर्तीको प्रक्रिया सुरु गर्न पाउँछन्।

अब म्यानपावर कम्पनीले कतारबाट श्रमिकको माग ल्याएर नयाँ श्रमिक पठाउन पाउनेछन्। यसअघि वैदेशिक रोजगारी खुल्ला भएपनि नयाँ श्रमिक कतार जान पाएका थिएनन्। बिदामा आएका श्रमिक मात्रै कतार फर्किएका थिए।

मागपत्र बन्द भएकै कारण वैदेशिक रोजगार ठप्प थियो। अब नयाँ माग ल्याएर वैदेशिक रोजगारी सुरु गरिने र यसबारेमा म्यानपावर कम्पनीहरुलाई जानकारी गराइसकेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .