ad ad

राजनीति


ट्रम्पले भनेः बाइडेनको जितले औपचारिकता पाए ह्वाइट हाउस छाड्छु

ट्रम्पले भनेः बाइडेनको जितले औपचारिकता पाए ह्वाइट हाउस छाड्छु

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार १३:२५,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको जित औपचारिक रुपमा सुनिश्चित भए आफूले ह्वाइट हाउस छाड्ने बताएका छन्।

यद्यपि चुनावी प्रतिस्पर्धा अझै नटुंगिएको उनको जोड थियो।

चुनावमा धाँधली भएको आरोप लगाउँदै ट्रम्पले हार स्वीकार गर्न मानेका छ्रैनन्।

बाइडेनले ३०६ इलेक्टोरल मत जितिसकेका छन्। ट्रम्पले मात्र २३२ मत प्राप्त गरेका छन्। ट्रम्पको तुलनामा बाइडेनले ६० लाखबढी लोकप्रिय मत पनि पाएका छन्।

डिसेम्बर १४ का दिन इलेक्टरले यो निर्वाचनलाई औपचारिकता दिनेछन्।

ह्वाइट हाउसमा पत्रकारहरुले ट्रम्पले सोधेका थिए–इलेक्टोरल कलेजको मतदानमा हार भए ह्वाइट हाउस छाड्नु हुन्छ कि हुन्न?

‘निश्चय नै छाड्नेछु। तपाईंलाई पनि त्यो कुरा थाहा छ,’ ट्रम्पले भने।

तर, उनले थपे, ‘यदि तिनले बाइडेनलाई चुने भने त्यो गल्ती हुनेछ।’

उनले आफूले कहिल्यै हार स्वीकार नगर्ने संकेत पनि गरे।

‘हार स्वीकार गर्न निकै कठिने हुनेछ, किनभने यहाँ भयंकर धाँधली भएको हामीलाई थाहा छ,’ ट्रम्पले भने। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .