ad ad

राजनीति


को हुन् अमेरिकाको विदेशमन्त्री बन्न लागेका ब्लिन्कन?

को हुन् अमेरिकाको विदेशमन्त्री बन्न लागेका ब्लिन्कन?

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ७:४३,

राष्ट्रपतीय संक्रमणकालीन टोलीका नजिकका स्रोतका अनुसार ब्लिन्कन बाइडेनका विश्वसनीय पात्र हुन् र उनले ट्रम्प प्रशासनको विदेश नीतिलाई परिवर्तन गर्नेछन्।

ब्लिन्कन लामो समयदेखि बाइडेनका सहयोगी हुन् जसले विदेश विभागमा दोस्रो नम्बरमा रहेर काम गरे साथै राष्ट्रपति बाराक ओबामाको प्रशासनमा उनी उप राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। त्यसबेला हाल राष्ट्रपति बन्न लागेका बाइडेन उपराष्ट्रपति थिए।

बाइडेनका सहयोगीहरुका अनुसार ब्लिन्कन बाइडेनका पहिलो रोजाइ हुन् र उनलाई विदेशमन्त्रीका लागि छनौट गरिने विषय मंगलबार सार्वजनिक हुनेछ।

ब्लिन्कनसँगै विदेश नीति पृष्ठभूमि भएका आफ्नो लामो समयदेखिको सहयोगी जेक सुलिभानलाई बाइडेनले अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने ब्लुमबर्गले जनाएको छ।

ब्लिन्कन र सुलिभानको बारेमा थप जानकारी बाइडेनको संक्रमणकालीन टोलीले दिएका छैनन् र उनीहरु आफैंले पनि केही कुरा खोलेका छैनन्।

ब्लिन्कन र सुलिभानले बाइडेनलाई नयाँ रणनीति बनाउन सहयोग पुर्‍याएका छन् जसमा ट्रम्पको “अमेरिका पहिलो” दृष्टिकोणको विरोधी रहेका अमेरिकी सहयोगीहरुलाई तुरुन्त सम्पर्क पुर्‍याउने र ठूलो विश्वव्यापी समस्याहरु जस्तै कोरोना माहामारी र यसको आर्थिक नतिजामा मिलेर काम गर्ने इच्छुकता देखाउने काम समावेश छ।

बाइडेनले इरानसँगको परमाणु सम्झौतामा पुनः समावेश हुने र पेरिस जलवायु सम्झौतामा पुनः आवद्ध हुने वाचा गरेका छन्। साथै उनले विश्व स्वास्थ्य संगठनको सदस्य नहुने ट्रम्पको निर्णय फिर्ता लिनेछन् भने गर्भपतनको बारेमा छलफल गर्ने समूहहरुको कोषमा प्रतिबन्ध लगाउने निर्णय पनि फिर्ता गर्नेछन्।

बाइडेनको यी प्रत्येक कार्य ट्रम्पको नीति विपरित छन्। आगामी जनवरी २० पछि नै अमेरिकामा बाइडेनको नीतिले ट्रम्पको नीतिलाई प्रतिस्थापन गर्नेछ।

यस्तै बाइडेनले लिंडा टोमस–ग्रिनफिल्डलाई संयुक्त राष्ट्रसंघका लागि राजदूत नियुक्त गर्ने पनि जनाइएको छ।

कुटनीतिज्ञहरुको कुटनीतिज्ञ

५८ वर्षका ब्लिंकनले लामो समयदेखि अमेरिकाले विश्वमा आफ्ना सहयोगी राष्ट्रसँग मिलेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्ने धारणा राख्दै आएका छन्।

अथवा उनी अमेरिका नभए चीनजस्ता देश विपरित चासोका साथ उक्त जिम्मेवारीमा हुने बताउँछन्।

नजिकैबाट चिन्नेहरु ब्लिंकनलाई कुटनीतिज्ञहरुको पनि कुटनीतिज्ञको रुपमा व्याख्या गर्दछन्। उनी तुलनात्मक रुपमा नरम बोल्छन् तर तर विदेश नीतिको सन्दर्भमा उनी व्यावहारिक, व्यावसायिक र पोख्त छन्।

जब सन् २०१६ मा हिलारी क्लिन्टन ट्रम्पसँग निर्वाचनमा पराजित भइन् ब्लिन्कन वेस्टएक्सका संस्थापक बनेका थिए। वासिंटनको यस कन्सल्टेन्सीले भूराजनीतिक जोखिमका बारेमा सल्लाह दिन्थ्यो।

संक्षिप्त रूपमा कानूनको अभ्यास गरिसकेपछि उनी १९८० को दशकमा राजनीतिमा प्रवेश गरे। त्यसबेला उनले डेमोक्र्याट माइकल दुकाकिसको राष्ट्रपति पदको प्रचार अभियानमा पैसा संकलन गर्न मद्दत गरे।

बिल क्लिन्टन राष्ट्रपति हुँदा ब्लिन्कन ह्वाइट हाउसमा भाषण लेखकको रुपमा प्रवेश गरेका थिए र पछिउनी क्लिन्टनको राष्ट्रिय सुरक्षा सहयोगी बने।

ओबामा प्रशासनमा उनले विदेशमा अमेरिकी सेना सीमित गर्ने काममा सहयोग पुर्याएका थिए। तर गतवर्ष उनले रोयटर्ससँग सिरियाबाट अमेरिकी सेना फिर्ता गरेर अमेरिकी विश्वसनीयतामा दाग लगाएको आरोप लगाएका थिए।

राष्ट्रपतीय अभियानका क्रममा ब्लिन्कन बाइडेनको नजिकका सल्लाहकारहरू मध्ये एक थिए, विदेश नीतिभन्दा फरक विषयहरुमा पनि उनले सल्लाह दिएका छन्। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .