बागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेशको भोलिदेखि सुरु हुने प्रदेशसभाले स्वास्थ्य विधेयक पारित गरेर स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान गर्दै लैजाने बताएका छन्।
शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न १७औँ वार्षिक साधारणसभामा उहाँले स्वास्थ्य विधेयक पारित भएपछि वर्षौंदेखि नवीकरण नभई रहेका अस्पतालको नवीकरण हुने बताए।
मन्त्री थापाले भने, ‘स्वास्थ्य विधयेक पारित भएपछि निजी अस्पतालको समस्या समाधान हुनेछन्। निजी अस्पतालका रोकिएको नवीकरण हुनेछन्। एक सय शय्याका अस्पताललाई नर्सिङ र ३०० शय्याका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न बाटो खुल्नेछ। यसले विद्यार्थी अध्ययनका लागि विदेसिनबाट रोकिनेछ।’
मन्त्री थापाले सञ्चालकले नै सहकारीको रकम दुरुपयोग गरी घरजग्गामा लगानी गर्ने, कतिपयल धितो मूल्याङ्कन नै नगर सस्तोमा ऋण दिने गरेका कारा सहकारी डुबेको भन्दै स्थानीयस्तरमा नियमभित्र रहेर सञ्चालनमा रहेका सहकारी अझै पनि राम्रो र विश्वासिलो रहेको पनि बताए।
उनले मध्यपुरथिमिको शङ्खधर प्रतिष्ठानलाई मिनी म्युजियम बनाउन बागमती प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन गरेको भन्दै निर्माणका क्रममा रकम अभाव भए थप गर्दै लैजाने जिकिर गरे।
Shares
प्रतिक्रिया