ad ad

कारोबार


एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ७:३३,

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ।

जाजरकोटमा आइतबार आयोजित एक कार्यक्रमका बीच कम्पनीलाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मान गरेका हुन्।

जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रीय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा सञ्चालन विस्तार गरी छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकरमार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड गौरवान्वित भएको कम्पनीको भनाइ छ।

संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत करिब ११ लाख र आयकरअन्तर्गत करिब ८ करोड ४६ लाख रुपैयाँ गरी राजस्वमा जम्मा ८ करोड ५७ लाख योगदान गरेको छ।

कम्पनीले भनेको छ, ‘दुर्गम स्थानबाट सेवा प्रदान गरी यति धेरै योगदान राजश्वमा गर्न सकिएकोमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लि. गौरवान्वित भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .