पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज पिएमएलएनले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो।
उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षकी थिइन्। उनी केही समययता विरामी थिइन् र उनको लन्डनको एक अस्पतालमा उपचार भइरहेको थियो।
सो दलका उप सचिव अताउल्लाह तरारका अनुसार बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र त्यहीँ अन्त्येष्टि गरिने छ।
पूर्व प्रधानमन्त्री सरिफ पनि हाल लन्डनमा नै उपचाररत छिन्। उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ। छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएकी थिइन्। रासस/एएनआई
प्रतिक्रिया