बुधबारका लागि बोलाइएको पार्टी सचिवालयको बैठकबारे आपसी रणनीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री तथा पार्टी महासचिव बिष्णु पौडेल बालुवाटारमा छलफलमा जुटेका छन्।
भोलीका लागि बोलाइएको पार्टी सचिवालय बैठक कुनै हालतमा नरोक्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अडान लिएपछि आगामी रणनीति तय गर्न तीन नेताबीच छलफल भइरहेको हो।
स्रोतका अनुसार मध्यान्ह १२ बजेदेखी पोखरेल बालुवाटार मै छन्। कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै पार्टी महासचिव पौडेल पनि बालुवाटार पुगेका हुन्।
यो पनि: प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रहपछि प्रचण्डले भने सबै कुराको छलफल बैठकमै गरौं
भोलिको बैठक रोकेर सहमतिको प्रयास जारी राख्न पौडेल दौडधुप गरिरहेका छन्।
पौडेलले प्रचण्डलाई भेटेर उनले शुक्रबार सचिवालयमा पेस गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।
उनको सो प्रस्ताव प्रचण्डले अस्वीकार गरेपछि प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिव आपसी रणनीति तय गर्न बालुवाटारमा जुटेका हुन्।
याे पनि:
- बिहान वामदेव गौतमसँग भेटेका प्रधानमन्त्री ओलीको दिउँसो माधव नेपालसँग छलफल
- आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार
- प्रचण्डको प्रस्ताव फिर्ता नगरी नेकपाको कुनै बैठक हुँदैनः सल्लाहकार थापा
प्रतिक्रिया