ज्यारोड पिंक र उनका साथी बोदी चेलाद्क हालै पर्थ शहरदेखि केही पर घुम्न गएका थिए।
भिडियोमा देखिएअनुसार उनीहरुले ससेज पकाइरहेको देख्न सकिन्छ।
जब ज्यारोडले एउटा ससेज खानलाई टिप्छन् चराले केही सेकेन्डमै उनको हातबाट उक्त ससेज खोसेर लगिदिन्छ।
यस घटनाको रोचक भिडियो अहिले निकै भाइरल बनेको छ।
भिडियोमा ज्यारोडका साथी बोदी मज्जाले हासेको सुन्न सकिन्छ तर ज्यारोड भने केही समय ससेज कसले लग्यो भनेर अलमल्लमा पर्छन्।
(भिडियो)
प्रतिक्रिया