कुस्नर ट्रम्पकी छोरी इभान्काको श्रीमान हुन्। ट्रम्पका सल्लाहकार समेत रहेका कुस्नरले ट्रम्पलाई हार स्वीकार गर्न आग्रह गरेको सीएनएनले जनाएको छ।
अमेरिकाको ४५ औं राष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि चुनावमा उठेका थिए। उनलाई डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले पराजित गरिसकेका छन्।
राष्ट्रपति बन्न २७० इलेक्टोरल मत आवश्यक हुन्छ। बाइडेनले २७० भन्दा बढी इलेक्टोरल मत पाएको बताइएको छ।
चुनावमा हारिसकेका ट्रम्पले भने चुनावी हारलाई स्वीकार गरिरहेका छैनन्। उनले बाइडेनले धाँधली गरेर चुनाव जितेको आरोप लगाइरहेका छन्।
3
Shares
प्रतिक्रिया