ad ad

समाज


कञ्चनपुरमा एकलौटी रुपमा सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षाकर्मीलाई नेपालीले लखेटे

कञ्चनपुरमा एकलौटी रुपमा सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षाकर्मीलाई नेपालीले लखेटे

गोकुल जोशी
कात्तिक २३, २०७७ आइतबार ७:७,

कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमाको निरीक्षण गरिरहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई स्थानीय नेपालीले लखेटेका छन्।

आइतबार नेपाली पक्षसँग समन्वय नै नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणका लागि आएका एसएसबीलाई स्थानीयले लखेटेका हुन्।

बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको एसएसबीले निरीक्षण गरिरहेको थियो। नेपाली पक्षसँग समन्वय नगरी एकलौटी रुपमा निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटेको बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले बताए।

No description available.

उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्ने तर भारतीय पक्षले समन्वय नगरेको बताए। उनले भारतीय पक्षले गल्ती गरेकोमा माफी समेत मागिसकेको बताए।

‘त्यो नियमित गस्ती हो। पहिले नै भएका सीमा स्तम्भहरुको हेरफेर भएको छ÷छैन भनी निरीक्षण गरेका हुन्’, प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘निरीक्षण हामीले पनि गर्ने गरेका छौँ। तर समन्वय गरेर गर्नु प¥थ्यो। त्यताबाट त्रुटि भएको छ। उहाँहरुले माफी माग्नु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .